Categories
Stories

क्वाँटी नेपालीको विभिन्न चाडपर्वमध्ये जनैपूर्णिमा दिन नेपालीहरूको भान्सामा पाक्ने झोलिलो खानेकुरा हो। परापूर्वकालदेखि नै जनैपूर्णिमाका दिन क्वाँटी खाने प्रचलन छ । क्वाँटी नेपालीहरूको भान्सामा पाक्ने झोलिलो खानेकुरा हो । “क्वाँटि” शब्द नेपालभाषाको “क्वाति” शब्दबाट बनेको हो, जस अनुसार “क्वा” को अर्थ तातो र “ति” को अर्थ झोल वा सुप अर्थ लाग्ने भएकोले “क्वाति” वा “क्वाँटि” को अर्थ तातो सुप भन्ने बुझिन्छ । जनै पुर्णिमाको समयमा अधिकांसको घरमा गेडागुडीको परिकार क्वाँटी खाने चलन छ । चना, मस्याङ, मुगी, बोडी, मास, भटमास, ठूलो सिमी, ठूलो केराउ, सानो केराउ मिसाएर खानेचलन छ । यस्ता गेडागुडीको मिश्रण खानु अघि यस्लाई टुसा उम्रेने गरी पानीमा भिजाउने चलन छ । चार दिन भिजाएर टुसा उम्रेपछी मात्र पकाइने यस्ता परिकार स्वास्थ्यका लागि फाइदा जनक छन् टुसा उमारी बनाइने विशेष प्रकारको परम्परागत नेपाली परिकार (झोल) हो । विभिन्न थरीका नौ गेडगुडीको टुसा उमारी पुर्णिमाका दिन क्वाँटी खाने गरिन्छ ।

आज क्वाँटी खाने दिन , यसरी बनाउन सकिन्छ स्वादिष्ट क्वाँटी | Safal Khabar

शक्ति र स्वाद दुवै मिल्ने भएकाले पनि क्वाँटीको विशेषता छ । मास, भटमास, मुगी, ठूलो केराउ, मस्याङ, चना, सिमी, टाटे सिमी र बोडीको मिश्रण नै क्वाँटी हो । धार्मिक मान्यताअनुसार प्रत्येक श्रावण शुक्ल पूर्णिमा अर्थात् जनैपूर्णिमाको रातमा क्वाँटी खाने चलन छ । क्वाँटी जनै पूर्णिमाको विशेषता नै हो । हिन्दू धर्मावलम्बीहरुले देशभर जनैपूर्णिमा अर्थात् ऋषितपर्णी पर्व मनाउने गर्दछन् । तागाधारीहरुले ऋषिको सम्झना गर्दै जलाशय तथा धारामा गई माटो, गोबर, कुश, खरानी अपमार्गले स्नान गरी विशेष मन्त्रबाट मन्त्रिएको डोरो बांधी रक्षाबन्धन पनि गरिन्छ । आज बाधिएको डोरो गाइ तिहारका दिन गाइको पुच्छरमा बांधेमा मृत्युपछि बैतरणी पार भइन्छ भन्ने जनविश्वास रहेको छ ।

जनैपूर्णिमाका अवसरमा पाटनको कुम्भेश्वर, रसुवाको गोसाइकुण्ड, नुवाकोटको देवीघाट, म्याग्दीको नागीबाराही लगायत देशका विभिन्न मन्दिरहरुमा पनि जनैपूर्णिमाको अवसरमा मेला लाग्ने गर्दछ । विहान बाह्रमणले जपेको डोरो हातमा बाँध्ने, दिदिबहिनीले आफ्ना दाजुभाईलाई हातमा राखी बाध्ने र बेलुका नौ प्रकारका गेडागुडी मिश्रित क्वाटी खाने हिन्दु मान्यता छ । खासगरी नेवार समुदायमा क्वाटी खाने प्रचलन बढी छ । नेपाल कृषिप्रधान मूलुक भएकाले वर्षायाममा खेतीपातीको कामले थकित शरीरमा ऊर्जा ल्याउन र चिसो भगाउन क्वाटी खाने गरिएको हो । क्वाटी खाएर पर्व मनाउनुका साथसाथै यसै दिन रक्षा बन्धन पनि पर्ने भएकोले दिदी बहिनीहरुले आफ्ना दाजुभाईहरुलाई हातमा राखी बानेर हर्षोउल्साथका साथ यस दिन मनाउने गर्दछन् ।

केहो क्वाँटी ? यस्ता छन् क्वाँटीका अद्भूत फाइदाहरु « रिपोर्टर्स नेपाल

क्वाँटीमा काब्रोहाइड्रेड, प्रोटिन, भिटामिन, मिनिरल्स, फोलिक एसिड, फाइबरका साथै आइरनको मात्रा पनि प्रशस्त मात्रामा पाइन्छ । यो खानेकुरा बच्चादेखि वृद्धसम्मका लागि उपयोगी हुन्छ। बच्चाहरूको जाउलोमा पनि मसिनो गरेर क्वाँटी पिसेर खुवाउँदा निकै फाइदा पुग्छ । यसले कुपोषणबाट जोगाउँछ। शरीरमा आवश्यक पौष्टिक तत्वको पूर्ति गराउँछ। वृद्धावृद्धालाई पनि यो खुवाउँदा यसले शरीरमा शक्ति दिन्छ ।

हामीले क्वाँटीको सुप बनाएर पनि खान सक्छौं । खानासँग मिसाएर पनि प्रयोग गर्न सक्छौं । गर्भवती महिलाका लागि यो झनै उपयुक्त हुन्छ । माछामासु धेरै नखाने मानिसका लागि पनि गेडागुडी फाइदाजनक हुन्छ । यसलाई भिजाएर घरमै चटपटेका रूपमा पनि खान सकिन्छ । प्रोटिन, भिटामिन तथा मिनिरल्स पर्याप्त मात्रामा भएकाले शरीरका मांशपेशीलाई मजबुत बनाउन क्वाँटीले सहयोग गर्छ । क्वाँटीमा ज्वानो र अन्य मरमसला हालेर बनाउने भएकाले धेरै पोषणतत्व पाइन्छ । क्वाँटीलाई हामी हप्तामा दुई पटक पनि खान सक्छौं ।

क्वाँटीका फाइदा

१. कब्जियतको समस्या हटाउँछ । क्वाँटी रेसादार खानाको स्रोत हो ।

२. मधुमेह तथा पायल्स भएका मानिसलाई समेत फाइदा गर्छ ।

३. यसले बूढो हुने गति मन्द पार्नुको साथै मानिसलाई सुन्दर स्वस्थ र रोगमुक्त पार्दछ ।

४. तुरुन्त प्रयोग हुन सक्ने शरीरलाई चाहिने शक्तिको स्रोत दिन्छ ।

५. यो सजिलै पाच्य हुन्छ र शरीरलाई मजबुत र तन्दुरुस्ती पनि प्रदान गर्दछ ।

६. पेटमा अनावश्यक वायु बनाउँदैन र शरीरलाई स्वस्थ राख्न पनि मद्दत गर्दछ ।

७. क्वाँटीमा भिटामिन ए, भिटामिन बी, भिटामिन सी, भिटामिन ई तथा खनिज पदार्थ प्रशस्त मात्रामा हुन्छ । यसले शरीरको थकाइ कम गर्छ र तनावबाट मुक्त गराउँछ ।

८. रोग प्रतिरोधात्मक शक्ति बढाउछ ।

९. रोगी, बालवालिका तथा बृद्धमा हुने कुपोषण हटाउन सकिन्छ ।

१०. क्वाँटीको नियमित सेवनले स्मरणशक्ति पनि बढ्छ ।

११. मानसिक स्वास्थ्यमा सुधार ल्याउँछ ।

१२. रक्तसञ्चार तथा स्नायु प्रणालीलाई धेरै फाइदा पुग्छ ।

१३. टुसाएका गेडागुडीमा क्षारीय गुण बढी हुन्छ । त्यसैले, क्वाँटी खानाले ‘एसिडिटी’ तथा मूत्रनलीमा संक्रमणजस्ता समस्याबाट पनि छुट्कारा मिल्छ ।

१४. पाचनशक्तिमा सुधार ल्याउँछ ।

१५. गेडागुडीमा हुने सबै पौष्टिक तत्त्व शरीरले लिन सक्ने भएकाले सौन्दर्यमा पनि निखार आउँछ ।

क्वाँटी बनाउदा पर्ने आवश्यक सामग्री :

१. सबैभन्दा सुरुमा नौं किसिमको गेडागुडी आवश्यक पर्दछ ।

२. त्यसपछी गरम मसला, धनियाँ, टमाटर, प्याज काट्नुपर्छ ।

३. घ्यु, जिरा, बेसार, लसुन अदुवाको पेस्ट पनि चाहिन्छ ।

४. रातो खुर्सानीको धुलो, नुन पनि क्वाटीको लागी आवश्यक पर्छ ।

क्वाँटी बनाउने विधि :

१. गेडागुडीलाई अघिल्लो दिन भिजाएर राख्नुपर्छ ।

२. प्रेसर कुकरमा गेडागुडी राख्ने र त्यसमा पानी राख्नुपर्छ ।

३. अब त्यसमा नुन, बेसार र तेल राखेर राम्रोसंग चलाउनुपर्छ ।

४. अब त्यसलाई बन्द गरेर दुई देखि तीन सिठी सम्म लगाउनुपर्छ ।

५. त्यसपछि एउटा भाँडोमा घ्यु तताउनुपर्छ ।

६. घ्यु तातेपछि त्यसमा जिरा फ़ुराएर त्यसमा प्याज पनि राखेर चलाउनुपर्छ ।

७. अब त्यसमा लसुन अदुवाको पेस्ट राख्नुपर्छ र केही छिन पछि टमाटर पनि राख्नुपर्छ ।’

८. केही छिन पकाएपछि त्यसमा क्वाँटी झान्नुपर्छ ।

९. त्यसपछि त्यसमा बाँकी मसला राखेर पकाउनुपर्छ ।

१०. पाकिसके पछी मिष्ठान भोजन गर्न उपयुक्त हुनेछ ।

किन खाने क्वाँटी ?

हामीलाई थाहा भएकै कुरा हो, शरीरलाई स्वस्थ र तन्दुरुस्त राख्नका लागि विभिन्न पोषक तत्वको आवश्यक पर्छ । त्यस्ता पोषक तत्व खानेकुराको माध्यामबाट प्राप्त हुने हो । त्यसैले हाम्रो शरीरका लागि सन्तुलित आहारको आवश्यक्ता पर्छ । सन्तुलित आहारमा अंकुरित गेडागुडी पनि एक हो । तर, हामी गेडागुडी भिजाएर त्यो अंकुराएपछि खान जाँगर चलाउँदैनौ । अंकुरित गेडागुडी एक पटक मात्र होइन, हरेक दिन आवश्यक हुन्छ शरीरलाई । क्वाटी हाम्रो दैनिक जीवनमा प्रायो गर्दा हाम्रो आयु पनि बढ्छ किनकि यसले हामीलाई लामो समय सम्म स्वस्थ राख्न सहयोग पुर्याउछ ।

जनै पूर्णिमा नै किन त ?

हामी कृषि उद्यममा आधारित जीवनशैलीमा बाँचेका छौं । यतिबेला खेती किसानी गरेर थकित भएका हुन्छन् । खेती किसानीको क्रममा शारीरिक श्रम बढी गर्दा शरीरलाई अतिरिक्त उर्जाको खाँचो हुन्छ । त्यसैको परिपूर्ति गेडागुडी अर्थात प्रोटिनले गर्छ । प्रोटिनले मांसपेशीलाई स्वस्थ्य राख्ने काम पनि गर्छ । खेतीपातीको कामले थकित शरीरमा उर्जा ल्याउन र चिसो भगाउन क्वाँटी खाने गरिएको भनाइ छ ।

क्वाँटी चाहिए : https://greengrowth.life/

Source: Sajhasabal