Categories
Media Coverage
  •  २०७७ कार्तिक २१ गते प्रकाशित

काठमाडौं, २१ कात्र्तिक । सिन्धुली जिल्लामा यस वर्षबाट जुनार ब्लकचेन– आधारित ‘सफ्टवेयर एग्रीक्लिर’ बाट आपुर्तिको  ‘ट्रयाक’ गरिने भएको छ । प्राविधिक पहँुचको यस कदममा सुरुवाती चरणमा जुनारका उत्पादन कहाँ भएको, सहकारीका नाम, जुनार टिपेको मिति, वितरकको नाम, प्रशोधन मिति, फूड माईल, प्याक गरिएको मिति जस्ता जानकारी ट्याक गरिनेछ ।

उक्त पाइलट प्रोजेक्टमा चिसापानी जुनार उत्पादक सहकारी संस्था, सिन्धुलीसँग सम्बन्धित जुनार फार्महरू सामेल हुने छन् । किसान तथा सहकारीले जुनारको उत्पादन कहाँ भएको, फलको विवरण, फार्म नाम र प्लक मिति जस्ता डाटा रेकर्ड गर्नेछन् । ‘ग्रीन ग्रोथ’ नामक अनलाइन अर्गानिक खाद्य वस्तु विक्रेताले जुनारको प्रोसेसिङ मिति, प्याक गरेको मिति रेकर्ड गरी जुनारमा ‘क्यु.आर कोड ट्रयाग’ लगाउने छन् । ‘ग्रिन–ग्रोथ’ मार्फत नै जुनार उपभोक्ताले खरिद गर्न सक्छन् । उपभोक्ताले खरिद गरे जुनारका साथमा आउने क्यु आर कोडमा स्क्यान गरी आफ्नो मोबाइल फोनमा सबै जानकारी प्राप्त  गर्न सक्छन् ।

खाद्य वस्तु  खरिदमा  यस प्रकारको  प्राविधिक प्रयोगले आफैंमा सकारात्मक  पक्ष हो ।  प्रोजेक्टको उद्देश्य  जुनार आपुर्ति  श्रृंखला प्रक्रियालाई  पारदर्शी र ट्रयाकेबल बनाउनु भएको प्रोजेक्टका सहसंचालक संस्था इसत्यले विज्ञप्तीमा उल्लेख गरेको छ ।  प्रोजेक्ट इसत्य ग्रिन ग्रोथको सहकार्यमा पहिलो ब्याचको जुनार ट्रयाकिङ सुरु गरिएको हो ।  भने,  चिसापानी सहकारीले कृषकहरूसँग जोडिन सहयोग पु¥याएको छ । 

Halokhabar