![](https://story.greengrowth.life/wp-content/uploads/2023/05/image-7-1024x1024.png)
काठमाडौं । ललितपुरको मा रहेको रैथाने रेस्टुरेन्टमा सिन्धुली जुनार मेला आयोजना गरिएको छ । ३ दिनसम्म चल्ने यो मेला माघ १३ गतेबाट सुरु भएको हो । सिन्धुलीमा उत्पादित जुनारबाट विभिन्न परिकारहरु बनाएर सञ्चालनमा ल्याइएको सो मेला आइतबार भने दिउँसो २ बजेदेखि सुरु हुने ग्रिन ग्रोथका सञ्चालक सौरभ ढकालले जानकारी दिए।
जुनारबाट बनाईएको परिकारको प्रवद्र्धन गर्नको लागि भनेर आयोजना गरिएको मेलामा जुनारको केक, रक्सी, जुस, हट जुस लगायत सातवटा परिकारको स्वाद लिन सकिने ढकालले बताए । सहुलियत शुल्कमा यी परिकारहरूको स्वाद लिन सकिने ढकालले बताए । मेलामा सिन्धुलीका किसानहरुपनि सहभागिता हुने आयोजकले जनाएको छ । मेलाले जुनार किसानसँग प्रत्यक्ष संवाद गर्ने अवसर जुराउने ढकालले बताए। कृषिसँग सम्बन्धित सरोकारवाला निकायका प्रतिनिधिले पनि मेलाको अवलोकन गर्नेहुँदा किसान र सरकारी संयन्त्रबीच सम्बन्ध स्थापनाका लागि सहयोग मिल्ने ढकालको भनाइ छ ।
सिन्धुलीमा उत्पादित जुनारको स्रोत पहिचानको प्रविधि विकास भइसकेकोले सो प्रविधिको विकास गरेर कसरी सिन्धुलीको वास्तविक जुनार बारे जानकारी पाउने ? भन्ने विषयमा पनि जानकारी मिल्ने आयोजकले बताएको छ।