काठमाडौं, वैशाख १ : कोरोना भाइरसको संक्रमण फैलिन नदिन गरिएको लकडाउनले सबै क्षेत्र ठप्प छ। कतिपय किसा
काठमाडौं, वैशाख १ : कोरोना भाइरसको संक्रमण फैलिन नदिन गरिएको लकडाउनले सबै क्षेत्र ठप्प छ। कतिपय किसानले दूध, तरकारी, अन्डालगायतका उत्पादन फालिरहेका छन्।
लकडाउनका कारण ताजा तरकारी उपलब्ध हुन मुस्किल भएको छ। तर, काठमाडौंस्थित ग्रीन ग्रोथ समूहले भने घरघरमै ताजा तरकारी पुर्याइरहेको छ।
ग्रीन ग्रोथले काभ्रेको नमाेबुद्धस्थित पताले गाउँ अर्गानिक फार्मबाट ताजा तरकारी ल्याउने गरेको छ। त्यही तरकारी उपभोक्ताको अर्डरअनुसार घरघरमा पुर्याइरहेको छ।
फोन तथा अनलाइनबाट अर्डर गरेपछि घरमै पुर्याउने गरिएकाे ग्रीन ग्रोथ समूहले जनाएकाे छ।
प्रकाशित मिति: १२:३१ बजे, सोमबार, वैशाख १, २०७७