काठमाडौँ । आधुनिक जीवनशैली र आनिबानीले हाम्रो मौलिकता हराउँदै गइरहेको छ । छिटो र मिठो खाने नाममा रसायन मिसाएर उत्पादित खानेकुराले विभिन्न रोगका संक्रमण पनि बढ्दो छ । आधुनिकताका नाममा अन्वेशण गरिएका नयाँ प्रविधि, सँस्कृति र खानाका परिकारले मानिसहरुमा क्षणीक सुख सुविधा थपेको होला । तर, दिगो जीवनका दृष्टिले आधुनिकतालाई मुल्याँकन गर्ने हो भने, धेरै असर पुगिरहेको छ । हामीले उत्पादन गर्दै आइरहेको खाद्य वालीमा प्रयोग हुने विषादीले विभिन्न रोगहरुको संक्रमण देखा परेको छ । आधुनिकताका नाममा हामीले प्रयोग गर्ने दैनिक अत्यावश्यक वस्तुहरुले पनि हाम्रो जीवनशैलीमा नकरात्मक परिणामहरु सृजना गरिरहेका छन् । तर, आधुनिकताले निम्त्याएको असरका विकल्पहरु पनि सुरु भएका छन् । अर्गा्निक जीवनशैली र खानपिन रोज्नेका सँख्या फराकिलो भइरहँदा, अर्गा्निक खाद्य तथा उपभोग्य वस्तुको माग पनि बढेको छ ।
अर्गानिक खाद्य सामग्री, उपभोग्य वस्तु र आनिबानीको प्रोत्साहनका लागि व्यक्तिगत तथा सँस्थागत प्रयासहरु भइरहेका छन् । दिगो जीवनका लागि अर्गानिक खाद्य सामग्री र उपभोग्य वस्तुले मद्दत त पुग्छ नै, यसको महत्व पनि झल्काउँछ । उक्त प्रयासको एउटा नमुना उदाहरण हो, स्टोरी साइकलद्धारा सञ्चालित, ग्रीन ग्रोथ अनलाइन । यो अनलाइन अर्गानिक सँस्कृति प्रोत्साहन गर्न क्रियाशिल छ । विज्ञान र प्रविधिको सहायताले परम्परागत र आधुनिक शैलीलाई जोड्न स्टोरी साइकलले ग्रीन ग्रोथ अनलाइन सञ्चालन गरेको हो । अर्गानिक कृषिलाई दिगो बनाउन लागिपरेका युवाको संयुक्त प्रयासमा घरघरमा अर्गानिक खाद्य तथा उपभोग्य वस्तु पुर्याउन अनलाइन सक्रिय छ । स्टोरी साइकलकै माध्यमबाट पनि अर्गानिक कृषिलाई दिगो बनाउन र धेरैको पहुँचसम्म पुर्यायुवा लागिपरेका छन् ।
स्टोरी साइकलले पाँच दिनको प्याकेज राखेर विकट ठाउँहरुमा स्टोरी क्याम्पको आयोजना गर्छ । त्यस ठाउँको समस्या, स्थानीय मुद्दा, आवाजविहिनहरुको आवाज, आदिलाई तस्बिर, भिडियो तथा वत्तचित्रका माध्यमबाट उजागर गर्छ । साथै स्थानीयहरुलाई नयाँ प्रविधि, सञ्चारका साधन, इन्टरनेट, आदिसँग परिचित गराई त्यसको महत्व र उपयोगिता बुझाउँदै आएको छ । यही सक्रियतालाई निरन्तरता दिँदै स्टोरी साइकलका सौरभ ढकालले स्थानीयले उत्पादन गरेका अर्गानिक कृषि सामग्री तथा अन्य अर्गानिक उपभोग्य वस्तुहरु विक्री वितरण गर्न उपाय तथा आफ्ना अनुभवहरु सुनाउँछन् । ग्रीन ग्रोथ अनलाइनले पहिले अर्गानिक उपभोग्य वस्तुहरु मात्रै विक्री गथ्र्यो । तर भुकम्प पछि अर्गानिक तरकारी र खाद्य वाली पनि विक्रीको प्रबन्ध गर्यो । विशेषगरी काठमाडौँ लक्षित यस अनलाइन, काठमाडौँको अवस्था र आवश्यकतालाई मुल्याँकन गरेर सुरु भएको हो ।
बढ्दो धुँवा धुलो, आधुनिक जीवनशैली र विषादी मिसिएका खानपिनले धेरैलाई शारीरिक तथा मानसिक समस्याहरु सृजना गरेको छ । यस्तो अवस्थालाई निरुत्साहित गर्दै अर्गानिक वस्तु तथा खाद्य सामग्रीको प्रयोग बढाउन ग्रिन ग्रोथले अर्गानिक उत्पादनहरुलाई विक्री गर्दै आएको छ । ग्रीन ग्रोथका बजार व्यवस्थापक निश्चल पोखरेल भन्छन्, ‘स्वस्थ र दिगो जीवनयापन गर्न अर्गानिक वस्तुले फाइदा पुग्छ । अर्गानिक खानेकुराले कपाल झर्ने समस्या, बाँझोपनको समस्यालाई न्यूनिकरण गर्दै लैजान्छ ।’ उनको बुझाईमा विभिन्न रसायन मिसिएका खाद्य पदार्थहरु उपभोग गर्दा बच्चाहरुमा धेरै असरहरु देखा परिरहेका छन् । दिगो जीवनलाई पनि विभिन्न रसायन मिसाएर उत्पादित खाद्य सामग्री तथा वस्तुले हानी पुर्याएको पोखरेल बताउँछन् ।

अनलाइनकी अनुसन्धानकर्ता तथा प्रबद्र्धक समिता कपाली भन्छिन्, ‘स्वस्थ र दिगो जीवन नै हाम्रो लक्ष्य हो ।’ यही लक्ष्यसम्म पुग्न उनीहरु अर्गानिक कृषिलाई प्रोत्साहन गर्दै कृषकका उत्पादनलाई बजारिकरणको व्यवस्था मिलाउँछन् । यसले कृषि पेशालाई प्रवद्र्धन, कृषकलाई हौसला र उपभोक्तालाई स्वस्थ र दिगो जीवन दिन टेवा पुग्छ । अर्गानिक उत्पादनहरु विक्री गर्ने भनिएपनि यसले अन्य देशका अर्गा्निक सामग्रीहरु आयात तथा निर्यात गर्दैन । स्वदेशी अर्गानिक उत्पादन मात्रै प्रोत्साहन गर्नु आँफुहरुको उद्देश्य रहेको कपाली बताउँछिन् । अर्गानिक जीवनशैली, खानपान, उपभोग्य वस्तु, आदिलाई प्रोत्साहन गर्न भने उनीहरुले नयाँ प्रविधि र सामाजिक सञ्जालको सहायता लिएका छन् । स्टोरी साइकलको माध्यमबाट नयाँ प्रविधिको बारेमा सिकाउने, प्रविधिको माध्यमबाट स्थानीय उत्पादनहरुलाई विक्री गर्न कृषकहरुलाई प्रोत्साहन गर्छन् । जसले आधुनिक कृषि प्रणालीलाई पनि प्रशय दिइरहेको छ ।
आधुनिक शैलीमा उत्पादित अर्गानिक खाद्य वस्तुलाई विक्री गर्न चाहेको खण्डमा ग्रीन ग्रोथ अनलाइन मार्फत विक्रिको व्यवस्था पनि मिलाइएको छ । कृषकले मात्रै होइन, उपभोक्ताले पनि अर्गानिक खाद्य वस्तु खरिद लागि सामाजिक सञ्जालकै सहयता लिन सक्छन् । सामाजिक सञ्जालमा उनीहरु उपलब्ध अर्गानिक खाद्य तथा उपभोग्य सामग्री बारे जानकारी दिन्थे । सामाजिक सञ्जालको सहायताले कार्यालयसम्म आएका अर्गानिक खाद्य सामग्री तथा उपभोग्य वस्तुहरुको विक्री वितरण हुन्छ । ग्रीन ग्रोथ अनलाइनमा आवश्यक अर्गानिक सामग्री मगाउन फारमको व्यवस्था गरिएको छ । फारममा खरिद गर्न सकिने तरकारी, फलफुल, फुल, उपभोग्य सामग्री, आदिको सूची छ । उपलब्ध फारम भरेका उपभोक्तालाई पहिले कार्यालयमा नै बोलाएर मगाइएका सामग्रीहरु विक्रीको व्यवस्था थियो । उपभोक्ताहरु पेरिसडाँडामा रहेको स्टोरी साइकलको कार्यालयसम्म पुगेर अर्गानिक वस्तु तथा खाद्य साम्रगी खरिद गर्थे । तर, मगाइएका सामग्री लिन कार्यालयसम्म धाउनुपर्ने काम भने उपभोक्ताहरुलाई झन्झट लाग्यो । उनीहरुले नै घरघरमा अग्र्या्निक खाद्य तथा उपभोग्य सामग्री उपलब्ध गराउने व्यवस्था माग गरे । उक्त सुझावलाई मनन् गर्दै स्टोरी साइकलले घरमा नै नेपालमा उत्पादन भएका अर्गानिक खाद्य सामग्री तथा उपभोग्य वस्तु उपलब्ध गराउने व्यवस्था गर्यो ।
कृषकहरुसँग प्रत्यक्ष सहकार्य गर्दै आएको ग्रिन ग्रोथ अनलाइनले कृषकको फार्ममा उत्पादित खाद्य सामग्री कृषककै मूल्यमा खरिद गरेर काठमाडौँ ल्याउँछ । त्यस्ता सामग्री आवश्यकता अनुसार खरिदका लागि फारम भरेपछि तोकिएको दिन घरमा आइपुग्छ । पुर्व मेचीदेखी पश्चिम महाकालीसम्मका खाद्य सामग्रीहरु आयात गरी उपभोक्तासम्म पु¥याउन यो अनलाइन तल्लिन छ । मुस्ताङको स्याउ, इलामको चिया, सल्यानको आँप, सिन्धुलीको जुनार, विराटनगरको दाल, आदि यस अनलाइनले आवश्यकता अनुसार आयात गर्छ । यसबाहेक, महोत्तरी, नुवाकोट, ककनी, आदि विभिन्न ठाउँमा उत्पादित अर्गा्निक खाद्य सामग्रीहरु पनि आयात गर्दै आइरहेको छ । खाद्य वाली अन्तर्गत सिन्धुलीको लोकल धान, सावित्री धान, विरनफुल धान, जुम्लाको मार्सी धान तथा कालो धान, कर्णालीको चिनो चामल, आदि अनलाइनले आयत गर्दछ । यसरी आयात गरिएको धानलाई उपभोक्ताको माग अनुसार घरघरमा निर्यात गर्दछ ।
कृषकलाई तिरेको मूल्य र ढुवानी खर्च जोडेर, थोरै नाफा राखी उपभोक्ता घरसम्म नेपालमा उत्पादित खाद्य सामग्री ग्रीन ग्रोथले ढुवानी गर्छ । हाल ग्रीन ग्रोथ अनलाइनका पाँच सयभन्दा बढि उपभोक्ताहरु छन् । प्रत्येक हप्ता २५ देखी ३० जनाले खाद्य सामग्री मगाउँछन् । प्रत्येक हप्ता सोमवार, बुधवार र शनिवार घरघरमा पुगेर मगाइएका सामग्रीहरु अनलाइनले उपलब्ध गराउँछ । ग्रीन ग्रोथले उपलब्ध गराएको सेवाले धेरैलाई घरमा नै बसेर आँफुले चाहेको अग्र्या्निक खाद्य सामग्री उपभोग गर्ने अवसर पाएका छन् । विशेषगरी यस अनलाइनको सेवा काठमाडौँ लक्षित भएपनि काठमाडौँ बाहेकका अन्य ठाउँहरुमा पनि सिमित संख्यामा अनलाइनले उपभोग्य अर्गानिक सामग्रीहरु निर्यात गर्दै आएको छ । अनलाइनकी अनुसन्धानकर्ता तथा प्रबद्र्धक समिता कपालीका अनुसार देख्दा सहज लागेपनि अनलाइन मार्फत उपभोक्ताहरुलाई सेवा दिने काम सहज भने छैन ।
यातायातको राम्रो व्यवस्था नहुँदा, पहाडी जिल्लाबाट खाद्य सामग्री आयात गर्दा महंगो मूल्य तिर्नुपर्ने बाध्यता छ । एकैदिनमा सामान ल्याउन पनि मुश्किल पर्छ । कपाली भन्छिन्, जुम्ला, मुस्ताङका उत्पादनहरु ल्याउन समस्या छ । तर, उपभोक्ताबाट पाएको प्रतिक्रियाले भन आँफुहरु खुसी रहेको कपाली बताउँछिन् । ‘कृषि कृषिलाई दिगो बनाउन आँफुहरुले चालेको पाइला अरुले पनि अनुशरण गरेको देख्दा खुसी लाग्छ,’ कपाली भन्छिन् । अर्गानिक खाद्य वस्तु तथा सामग्री उत्पादन र प्रयोगमा सबैको सहयोग आवश्यक हुने कपालीको तर्क छ । यसले स्वस्थ जीवनशैलीसँगै कृषि क्षेत्रलाई प्रोत्साहन र सम्मान गर्ने अवस्था पनि सृजना हुन्छ । सरकारी पक्षबाट पनि आधुनिक अर्गानिक कृषिलाई प्राथमिकता दिइनुपर्छ, कपाली भन्छिन्, ‘नेपालमा उत्पादन भएका खाद्य सामग्री सुरुमा नेपालमा नै उपभोग गर्ने निति लागु हुन आवश्यक छ ।’ यसले स्वदेशमा धेरैलाई रोजगारीको अवसर पनि सृजना हुन्छ भने, स्वस्थ खाद्य सामग्री सस्तो मूल्यमा उपभोग गर्न सकिन्छ ।